वाक्य - sentence

स्वतन्त्र शब्दहरूबाट बनेको भाषाको सबभन्दा ठूलो सार्थक एकाइ वाक्य हो ।
(The largest meaningful unit of language made from independent words is a sentence.)
दुई वा दुईभन्दा बढी शब्दहरूबाट निर्मित हुने उपवाक्यभन्दा माथिल्लो भाषिक एकाइलाई वाक्य भनिन्छ ।
(A sentence is a higher linguistic unit than a clause made from two or more words.)
अथवा कुनै उद्वेश्य र विधेय मिलेर रचना भएको स्वतन्त्र भाषिक एकाईलाई वाक्य भनिन्छ ।
(Alternatively, a sentence is a free linguistic unit formed by combining a subject and a predicate.)
बनोटको आधारमा वाक्य निम्न प्रकारका छ्न् :-
(Sentences are classified as follows based on their structure:)
-
सरल वाक्य (Simple Sentence)
एउटा मात्र स्वतन्त्र उपवाक्य भएको वाक्यलाई सरल वाक्य भनिन्छ । अथवा एक उद्देश्य र एक विधेयको मेलबाट बनेको वाक्यलाई सरल वाक्य भनिन्छ ।
(A sentence with only one independent clause is called a simple sentence. Or, a sentence formed by a subject and a predicate is called a simple sentence.)
जस्तै :- राम रोयो । हिजो राम धुरुधुरु रोयो ।
(For example: Ram cried. Yesterday, Ram cried loudly.) -
संयुक्त वाक्य (Compound Sentence)
दुई वा दुईभन्दा बढी स्वतन्त्र उपवाक्यलाई र, वा, अथवा, या, तथा, कि, किनकि, किनभने, किन्तु, परन्तु जस्ता निरपेक्ष संयोजकले जोडेको वाक्यलाई संयुक्त वाक्य भनिन्छ । अथवा दुई वा दुईभन्दा बढी स्वतन्त्र उपवाक्यलाई निरपेक्ष वा समपदिक संयोजकद्वारा संयोजन गरेर बनेको वाक्यलाई संयुक्त वाक्य भनिन्छ ।
(A sentence formed by two or more independent clauses connected with coordinating conjunctions such as 'and', 'or', 'because', 'but', 'however', etc., is called a compound sentence.)
जस्तै :- रेबन मेहनत गरेर पढ्छ तर कहिल्यै पास हुँदैन ।
(For example: Reban studies hard, but he never passes.)
यहाँ 'रेबन मेहनत गरेर पढ्छ' र 'कहिल्यै पास हुँदैन' दुई स्वतन्त्र उपवाक्यहरूलाई 'तर' निरपेक्ष संयोजकले जोडेको छ ।
(Here, 'Reban studies hard' and 'he never passes' are two independent clauses connected by the coordinating conjunction 'but'.)
- मिश्र वाक्य (Complex Sentence)
मुख्य उपवाक्य र अधीन उपवाक्य मिली बनेको वाक्यलाई मिश्र वाक्य भनिन्छ । यस्ता वाक्य जो, जे, जुन, भने, जसले जहाँ जस्ता संयोजक पदले जोडिएका हुन्छन् । अथवा एउटा प्रमुख उपवाक्य र अर्को एक वा सोभन्दा धेरै सहायक उपवाक्यहरूलाई सापेक्ष संयोजकले जोडेको वाक्यलाई मिश्र वाक्य भनिन्छ ।
(A sentence formed by a main clause and one or more subordinate clauses is called a complex sentence. Such sentences are connected by conjunctions like 'who', 'what', 'where', 'when', etc.)
जस्तै :- तिमी जहिले आउँछौ, म तहिले खाना बनाउँछु ।
(For example: Whenever you come, I always cook food.)
यहाँ 'तिमी जहिले आउँछौ', मुख्य उपवाक्य हो भने 'म तहिले खाना बनाउँछु' मुख्य वाक्यमै आश्रित सहायक उपवाक्य हो । यश वाक्यमा आएका दुई उपवाक्यहरूलाई 'जहिले तहिले' सापेक्ष संयोजकले जोडेका छन् ।
(Here, 'Whenever you come' is the main clause and 'I always cook food' is the dependent clause. The conjunction 'whenever' connects these two clauses.)
वाक्यसंश्लेषण (Sentence Synthesis)
दुई वा दुईभन्दा बढी सरल वाक्यहरूलाई मिलाएर एउटै वाक्य बनाइने प्रक्रियालाई वाक्यसंश्लेषण भनिन्छ । अथवा स्वतन्त्र अवस्थाका सरल वाक्यहरूलाई जोडेर नयाँ वाक्य निर्माण गर्नु वाक्यसंश्लेषण हो ।
(Sentence synthesis is the process of combining two or more simple sentences to form one sentence. It involves joining independent simple sentences to form a new sentence.)
वाक्यसंश्लेषण गर्ने तरिका (Method of Sentence Synthesis):
-
(क) भाइ विद्यालय जान्छ ।
(ख) भाइ पढ्छ ।
= भाइ विद्यालय गएर पढ्छ ।
(1) (a) The brother goes to school.
(b) The brother studies.
= The brother goes to school and studies. -
(क) म भात खान्छु ।
(ख) म स्कुल जान्छु ।
(ग) म घर आउँछु ।
= म भात खाएर स्कुल गएर घर आउँछु ।
(2) (a) I eat rice.
(b) I go to school.
(c) I come home.
= I eat rice, go to school, and come home.
वाक्यविश्लेषण (Sentence Analysis)
सरल, संयुक्त र मिश्र वाक्यलाई साना-साना सरल वाक्यहरूमा टुक्रा-टुक्रा पार्नुलाई नै वाक्यविश्लेषण भनिन्छ । अथवा वाक्यलाई विभिन्न खण्डमा टुक्रयाएर देखाउने कार्यलाई वाक्यविश्लेषण भनिन्छ ।
(Sentence analysis is the process of breaking down complex, compound, and simple sentences into smaller, simpler sentences. It is the act of splitting a sentence into its components.)
वाक्यविश्लेषण गर्ने तरिका (Method of Sentence Analysis):
-
म भात खाएर स्कुल जान्छु ।
= म भात खान्छु । म स्कुल जान्छु ।
(1) I eat rice and go to school.
= I eat rice. I go to school. -
राम बजार जान्छ तर तरकारी किन्दैन ।
= राम बजार जान्छ । राम तरकारी किन्दैन ।
(2) Ram goes to the market, but he doesn't buy vegetables.
= Ram goes to the market. Ram doesn't buy vegetables. -
जब घाम लाग्छ, तब गर्मी हुन्छ ।
= घाम लाग्छ । गर्मी हुन्छ ।
(3) When the sun shines, it gets hot.
= The sun shines. It gets hot.
Comments
Post a Comment