आदर - Respect

 

 

 

बोलिवचनका क्रममा एकअर्काप्रति प्रकट गरिने मानको तह नै आदर हो । (The level of respect expressed towards each other during speech and conversation is called Adar (Respect).)

समाजको मर्यादा क्रम अनुसार तँ / ऊ, तिमी/ उनी, तपाईं / उहाँ जस्ता सर्वनाम नाम र तिनको आधारमा क्रियापद प्रयोग गर्नु आदर हो । (According to the social hierarchy, the use of pronouns such as "Ta / U" (Low respect), "Timi / Uni" (Medium respect), "Tapai / Wuha" (High respect) and their corresponding verbs indicate respect.)

नेपालीमा आदर चार किसिमका छन् :- (In Nepali, there are four types of Adar (Respect):)

१. अनादर (1. Low Respect (Anadar))

आदरको सबैभन्दा सानो तह अनादर हो । (The lowest level of respect is called Anadar (Disrespect or Zero Respect).)

यसलाई निम्न आदर वा शून्य आदर पनि भनेको पाइन्छ । (It is also referred to as Lower Respect or Zero Respect.)

जस्तै :- तँ, ऊ, त्यो, केटो, छोरो आदि । (Examples: "Ta" (You - informal), "U" (He/She - informal), "Tyo" (That), "Keto" (Boy), "Chhoro" (Son), etc.)

२. मध्य आदर (2. Medium Respect (Madhya Adar))

अनादरभन्दा आदरको माथिल्लो तह मध्य आदर हो । (The level of respect higher than Anadar is called Madhya Adar (Medium Respect).)

यसलाई सामान्य आदर पनि भनेको पाइन्छ । (It is also referred to as Normal Respect.)

जस्तै :- तिमी, उनी, यिनी, ती, यी आदि । (Examples: "Timi" (You - semi-formal), "Uni" (They - semi-formal), "Yini" (These), "Ti" (Those), "Yi" (These), etc.)

३. उच्च आदर (3. High Respect (Uccha Adar))

मध्यभन्दा माथिल्लो तहको आदर उच्च आदर हो । (The level of respect higher than Medium Respect is called High Respect.)

तपाईं र सर्वनामले उच्च आदर जनाउँछन् । ("Tapai" (You - formal) and certain pronouns indicate High Respect.)

४. अति उच्च आदर (4. Very High Respect (Ati Uccha Adar))

सबैभन्दा माथिल्लो तहको आदर अत्युच्च आदर हो । (The highest level of respect is called Ati Uccha Adar (Very High Respect).)

हजुर शब्दले अत्युच्च आदरलाई जनाउँछ । (The word "Hajur" (Highly respectful "You") is used to indicate Very High Respect.)

नेपालीमा नाम, सर्वनाम, विशेषण र क्रियाले मात्र आदरलाई जनाउँछन् । (In Nepali, nouns, pronouns, adjectives, and verbs express respect.)

नाम तथा विशेषणले आदर र अनादरको मात्र भेद जनाउँछन् । (Nouns and adjectives only differentiate between respect and disrespect.)

सर्वनाम तथा क्रियामा आदरका सबै तह पाइन्छन् । (Pronouns and verbs contain all levels of respect.)

Comments

Popular posts from this blog

हरियो वन नेपालको धन बारे निबन्ध - Essay on Wealth of Green Forest Nepal

वाच्य - Voice

सादा जीवन उच्च विचार बारे निबन्ध - Essay about simple life high thoughts