प्रेरणार्थक - Preranarthk Bakya

प्रेरणा बुझाउने वाक्यलाई प्रेरणार्थक वाक्य भनिन्छ ।
(A sentence that conveys motivation is called an inspirational sentence.)
कुनै पनि काम आफूले नगरेर अन्यबाट काम गर्न लगाउने अथवा काम कसैबाट प्रेरित भएर भएको हो भन्ने अर्थ बुझाउन गरिएको वाक्य, क्रियापद वा अन्य शब्दमा गरिने परिवर्तनलाई प्रेरणार्थक वाक्री भनिन्छ ।
(A sentence, verb, or other changes used to indicate that a task has been motivated by someone else or that the task was inspired by another, is called an inspirational sentence.)
प्रेरणार्थक क्रियाले कर्ताबाट कार्य नभई उसले अरुलाई कार्य गर्नका लागि प्रेरित गरेको कुरा स्पष्ट देखाएको हुन्छ ।
(In an inspirational sentence, the verb shows that the subject has not performed the action themselves, but has inspired someone else to perform the action.)
यस्तो वाक्यमा प्रेरणात्मक धातुबाट बनेका क्रियापदको प्रयोग हुन्छ ।
(Such sentences use verbs derived from motivational roots.)
प्रेरणार्थक वाक्य बनाउने नियम : (Rules for forming inspirational sentences)
-
वाक्यको भाव सुहाउँदो नयाँ प्रेरक कर्ता थप्ने ।
- बहिनी नाचेकी छे । = रामले बहिनीलाई नचाएको छ ।
(Add a new motivating subject that fits the tone of the sentence.) - The sister has danced. = Ram has made the sister dance.
- बहिनी नाचेकी छे । = रामले बहिनीलाई नचाएको छ ।
-
प्रश्नमा रहेको वाक्यको कर्तालाई थपिएको प्रेरक कर्तापछि राख्ने ।
- आमा कलम किन्दै हुनुहुन्छ । = सीता आमालाई कलम किनाउँदै छे ।
(In a question sentence, place the original subject after the added motivating subject.) - Mother is buying a pen. = Sita is making mother buy a pen.
- आमा कलम किन्दै हुनुहुन्छ । = सीता आमालाई कलम किनाउँदै छे ।
-
प्रश्नको वाक्यमा रहेको 'कर्ता' मा 'लाई' विभक्ति चिन्ह जोड्ने । प्रश्नमा रहेको उक्त कर्ता गौण कर्ममा बद्लिन्छ ।
- बालक सुत्छ । = दीपा बालकलाई सुताउँछे ।
(Add the postposition 'लाई' to the subject in the question sentence. The subject then changes to the indirect object.) - The child sleeps. = Deepa makes the child sleep.
- बालक सुत्छ । = दीपा बालकलाई सुताउँछे ।
-
क्रियाको धातुमा आउ, याउ, आलु, आएको जस्ता सुहाउँदो प्रत्यय जोड्ने ।
(Attach appropriate suffixes like 'आउ', 'याउ', 'आलु', 'आएको' to the verb root.) -
नयाँ प्रेरक कर्ताको लिङ्ग, वचन, पुरुष र आदर अनुसार क्रिया मिलाउने ।
(Adjust the verb according to the gender, number, person, and respect of the new motivating subject.) -
प्रश्नको वाक्य जुन काल र पक्षमा छ, प्रेरणार्थक वाक्य बनाउँदा पनि त्यही काल र पक्ष मिलाउने ।
(Ensure that the tense and aspect remain consistent when forming an inspirational sentence from a question.)
Comments
Post a Comment