समयको महत्व बारेमा निबन्ध - Essay on Importance of Time

 

 

 

समय भनेको बेला, काल र क्षण पनि हो । समयलाई देख्न र छुन सकिँदैन ।
(Time is also referred to as moment, period, and instance. Time cannot be seen or touched.)

अनुभव मात्र गर्न सकिन्छ । समयको सुर र अन्त्यका बारेमा भन्न सकिन्न । मानिसले
(It can only be experienced. It is impossible to determine the beginning and end of time. People have...)

समयलाई आफ्नो सुविधाका लागि सेकेन्ड, मिनेट, घन्टा, दिन, हप्ता, महीना र वर्ष भनेर वर्गीकरण गरेका छन् । समय निरन्तर रूपमा चलिरहन्छ। यो कहिल्यै रोकिँदैन। समयको पालना नगर्नाले मानिस पछाडि पर्ने हुनाले मानिसका लागि समयको धेरै महत्व छ।
(...classified time into seconds, minutes, hours, days, weeks, months, and years for their convenience. Time continuously moves forward. It never stops. If one does not follow time, they lag behind, making time highly valuable for humans.)


आजको बालक समय बित्दै जाँदा युवा, वृद्ध बन्दै जान्छ र एकदिन मृत्युको मुखमा पुग्छ ।
(A child of today gradually grows into a youth, then becomes old, and one day reaches the doorstep of death.)

मानिसले बिहानको सुर्योदयसँगै आफ्नै क्रियाकलाप सुरू गर्छ अनि विद्यालयमा पुग्छ भने शिक्षक पनि ठिक समयमा कक्षाकोठामा प्रवेश गर्छ।
(A person begins their daily activities with the sunrise, and just as students arrive at school, teachers also enter the classroom on time.)

किसान पनि आफ्नो खेतबारीमा काम गर्न ठिक समयमा त्यहाँ पुग्छ । जो मानिसले समयको पालना गर्दैन त्यसले आफ्नो गन्तव्य भेट्टाउँदैन।
(A farmer also reaches their field at the right time to work. Those who do not follow time fail to reach their destination.)


समयको परिवर्तन सँगै मानिसले आफ्नो जीवन शैलीमा परिवर्तन ल्याउँछ ।
(With the passage of time, people bring changes in their lifestyle.)

जाडो याममा बाक्ला वा न्यानो कपडा लगाउनु, गर्मीमा पातला कपडा लगाउनु, समयको परिवर्तनका कारण हुन् ।
(Wearing thick or warm clothes in winter and light clothes in summer are all due to changes in time.)

समयको पालना गरेर नै आज संसारमा मानिसहरूले नाम, दाम कमाएका छन् ।
(By valuing time, people in the world have gained name and wealth.)

समयको महत्वलाई बुझेर अगाडि बढ्ने मानिस जनुसुकै क्षेत्रमा पनि सफल हुन्छ । तर समयको महत्वलाई नबुझ्ने मानिसले सफलता प्राप्त गर्न सक्दैन ।
(Those who understand the importance of time and move forward succeed in any field. However, those who do not understand its value cannot achieve success.)

समयमै हामीले हाम्रा कामहरू गर्नुपर्छ ।
(We must complete our tasks on time.)

आजको विद्यार्थी समयको ठिक पालनाबाट नै भविष्यको डाक्टर, शिक्षक, इन्जिनियर, पाइलट बन्न सक्छ।
(A student of today can become a doctor, teacher, engineer, or pilot in the future by properly following time.)


विद्यार्थी जीवनमा समयको धेरै छ। जुन विद्यार्थी समयको सदुपयोग गर्दैन त्यस विद्यार्थीले पढाइमा सफलता प्राप्त गर्न सक्दैन ।
(A student has ample time in student life. However, a student who does not utilize time properly cannot succeed in studies.)

एउटा विद्यार्थी कक्षामा समयमा उपस्थित नहुने, कक्षाकार्य नगर्ने र गृहकार्य समयमा नगर्ने विद्यार्थी गुरूहरू वा अरू विद्यार्थीहरूकै नजरमा पनि असल मानिँदैन ।
(A student who does not attend class on time, does not complete classwork, and does not submit homework on time is not considered good in the eyes of teachers and other students.)

भनिन्छ - बगेको खोला फर्कदैन, समयले पर्खदैन ।
(It is said, "A flowing river never returns, and time waits for no one.")

त्यसैले जुन काम जुन समयमा आफ्नो अगाडि आउँछ त्यसलाई ठिक समयमा पूरा गरिहाल्नुपर्छ ।
(Therefore, any task that comes in front of us should be completed at the right time.)

त्यसैले समयको महत्वलाई बुझेर अगाडि बढेमा हामी जीवनमा सफलताको शिखर चुम्न सक्छौँ ।
(If we understand the importance of time and move forward accordingly, we can reach the pinnacle of success in life.)

Comments

Popular posts from this blog

हरियो वन नेपालको धन बारे निबन्ध - Essay on Wealth of Green Forest Nepal

वाच्य - Voice

सादा जीवन उच्च विचार बारे निबन्ध - Essay about simple life high thoughts