Posts

भाव अर्थ - Bhav arth

Image
    भाव भन्नाले मानसिक प्रतिक्रिया, प्रवृति, मनोवृति वा अर्थ भन्ने बुझिन्छ । यसैले क्रियाबाट निश्चय, अनिश्चय, सम्भावना, बिन्ती, इच्छा, आज्ञा आदि व्यक्त गर्नु क्रियाको भाव हो । यो सामान्यार्थ, विध्यर्थ र अनिश्चयार्थ गरी तीन किसिमको हुन्छ । केही मुख्य तल दिइएको छ :- (Bhav means mental reaction, tendency, mindset, or meaning. Therefore, expressing certainty, uncertainty, possibility, request, desire, command, etc., through verbs is called the emotion of the verb. It has three types: Samanyartha, Vidhyartha, and Anishchayartha. Some key types are provided below:) सामान्यार्थक (Samanyarthak) :- क्रियाको सामान्य भाव बुझाउने वाक्यलाई सामान्यर्थक वाक्य भनिन्छ। सामान्यर्थक वाक्यले सामान्य रूपमा हो वा होइन भन्ने अर्थ आउने गरी क्रियाको भाव बुझाउँछ। (1) Samanyarthak :- Sentences that express the normal meaning of the verb are called samanyarthak sentences. These sentences convey the meaning of the verb in a way that generally implies whether it is or is not.) काल / पक्षमा प्रयोग हुने सम...

काल - Grammatical tense

Image
      काल शब्दले सामान्यतया समयलाई वुझाउँछ । क्रियाको कार्य व्यापार, घटना, अवस्था वा क्रियाको कामको समयलाई संकेत गर्ने व्याकरणिक कोटीनै काल हो । कालका वर्तमान, भूत र भविष्यत् गरी तीन चरण हुन्छन् । पक्ष कालको पनि काल समय हो । कालको सुक्ष्म अवस्था लाईनै पक्ष भनिन्छ । यसरी हेर्दा वर्तमान कालका तीन, भूतकालका पाँच र भविष्यत्कालका तीन वटा पक्ष रहेका छन् । (The word "Kal" generally refers to time. The grammatical category that indicates the time of an action, event, or state is called "Kal." Kal consists of three phases: Present, Past, and Future. The subtle form of Kal is called "Paksha" (Aspect). There are three aspects in the present tense, five in the past tense, and three in the future tense.) पक्ष (Paksha) पक्ष भनेको क्रियाको कालको विशेष अवस्था हो । पक्षलाई विशेष काल पनि भनिन्छ । क्रियाको काल विभिन्न सन्दर्भमा प्रयुक्त हुन्छ र यस्तै अवस्थागत भिन्नता जनाउने प्रयोगहरू नै पक्ष हुन् । त्यसैले निश्चित कालको सीमाभित्र हुने क्रियाको कार्यको प्रवृतिलाई पक्ष भनेर चि...

करण अकरण - Karan Akaran

Image
      सकारात्मक अर्थ बुझाउने क्रियापद करण र नकारात्मक अर्थ बुझाउने क्रियापद अकरण हुन् । (Verbs that indicate a positive meaning are called Karan, and verbs that indicate a negative meaning are called Akaran.) करण र अकरण वाक्यमा प्रयोग भएको क्रियापदको अर्थसँग सम्बन्धित विषय हुन् । (Karan and Akaran are related to the meaning of the verb used in the sentence.) करण र अकरणलाई वाक्यमा उल्टो अर्थ दिने भनेर बुझ्नु हुँदैन। (Karan and Akaran should not be understood as opposite meanings in a sentence.) क्रियापदमा सुरुमा, बीचमा र अन्त्यमा ‘न’ थपेर अकरण बनाइन्छ। (Akaran is formed by adding 'न' (na) at the beginning, middle, or end of the verb.) वाक्यको उल्टो अर्थ आउने अर्थ लेख्दा अकरण हुँदैन (‘राम घर जान्छ' को अकरण ‘राम वन जान्छ' होइन, ‘राम घर जाँदैन' हो।) (When writing the opposite meaning of a sentence, Akaran is not formed simply by changing the subject (e.g., “राम घर जान्छ” (Ram goes home) becomes “राम वन जान्छ” (Ram goes to the forest), but the Akaran is “राम घर जाँदैन” (...

व्याकरण - Grammar

Image
    व्याकरण शब्द वि + आ + कृ + अन अर्थात कृ धातुमा आ र वि उपसर्ग र अन प्रत्यय लागेर बनेको हो । (Grammar is formed by the combination of the prefixes "वि" (Vi) and "आ" (A), the root "कृ" (Kri), and the suffix "अन" (An).) व्याकरणको शाब्दिक अर्थ भाषिक नियम हो । (The literal meaning of grammar is the rules of language.) भाषालाई शुद्ध - शुद्ध किसिमले बोल्न र लेख्न सिकाउने शास्त्रलाई व्याकरण भनिन्छ । (Grammar is the science that teaches how to speak and write a language correctly.) व्याकरण त्यो विद्या हो जसद्वारा कुनै भाषा शुद्ध बोल्न, शुद्ध पढ्न र शुद्ध लेख्न सकिन्छ। (Grammar is the knowledge by which one can speak, read, and write any language correctly.) कुनै पनि विकसित भाषा लेख्न, पढ्न र बोल्नलाई निश्चित नियम हुन्छन् भाषाको शुद्धता अनि सुन्दरतालाई बनाई राख्नका लागि यी नियमहरूको पालन गर्नु आवश्यक हुन्छ । (Any developed language has specific rules for speaking, reading, and writing, and following these rules is essential to maintaining the purity and...

विविध शब्दहरू - Miscellaneous words

Image
      क) अनुकरणात्मक शब्द (Onomatopoeic Words) अनुकरणात्मक शब्द भनेको कुनै वस्तु वा पदार्थको आवाज तथा व्यवहारको नक्कल गर्ने शब्द हो। यस्ता शब्दहरू ध्वनि वा दृश्यमा आधारित हुन्छन्। Onomatopoeic words are words that imitate the sound or behavior of an object or substance. These words can be based on sound or visual representation. उदाहरणहरू (Examples): खुरुखुरु (khurukhuru) - लेख्नु/हिँड्नु/कुनै काम गर्नु (Writing/Walking/Doing something) खलखली (khalkhalee) - पसिना आउनु (Sweating) गजक्क (gajakka) - हुनु (Happening suddenly) घुटुक्क (ghutukka) - निल्नु (Swallowing) हरहर (harhara) - तिर्खा लाग्नु (Feeling extremely thirsty) घत्रक्क (ghatrakka) - खस्नु (Falling down) चिरबिर (chirabira) - चरा कराउनु (Birds chirping) वाक्यमा प्रयोग (Usage in Sentences): थरथर = उनीहरू डरले थरथर काँपिरहेका छन् (They are shivering with fear). थचक्क = अर्चना खाटमा थचक्क बसी (Archana sat down abruptly on the bed). फटाफट = हरि फटाफट हिँड्दै छ (Hari is walking very quickly). ख) पारिभाषिक शब्द (Technica...

भाषा वर्ण अक्षर - Bhasha ra Byakaran

Image
    कुराकानीको माध्यम भाषा हो । मानव मानवबीच भावना वा विचार सम्प्रेषण गर्ने माध्यम भाषा हो । यो संसारमा ६ हजारभन्दा बढी भाषाको अस्तित्व रहेको बताइन्छ। विचार विनिमय गर्ने माध्यम भाषा हो । भाषाको प्रयोगले मानिसले आफ्नो ज्ञान र अनुभव बाँड्न र ग्रहण गर्न पाएका छन् । मानव सभ्याताको विकासको प्रमुख कारण नै भाषा हो । भाषाको विकास हुन लामो समय लागेको छ। भाषा एकछिनको प्रयासमा विकास हुने कुरा होइन। निरन्तरको सामाजिक समझौतापछि भाषाको विकास भएको छ । प्रायः भाषालाई लिखित रूपमा व्यक्त गर्नको लागि लिपिहरूको सहायता लिनु पर्छ। भाषा र लिपि, भाव व्यक्तीकरणको लागि दुई विभिन्न माध्यम हुन । कुनै एउटा भाषालाई कयौँ लिपिहरूमा लेख्न सकिन्छ र दुई वा त्यो भन्दा बढी भाषाहरूलाई एउटै लिपिमा लेख्न सकिन्छ। नेपाली भाषा नेपालभित्र त साझा सम्पर्क भाषा हुँदै हो र यो बाहेक नेपाल मूल भएका र नेपालसँग कुनै न कुनै समयमा कुनै न कुनै प्रकारको सम्बन्ध कायम भएका विश्वमा छरिएर रहेका विभिन्न जातिको साझा सम्पर्क भाषाको रूपमा नेपाली भाषाले काम गरेको छ। नेपाली भाषा यी सबैका लागि पहिचान र गौरवको विषय हो। भाषालाई प्रयोगका आधारमा ...